विराटनगर । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान उपमहानगरपालिकाको खानेपानी व्यवस्थापनका लागि वेल निर्माण गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराएका छन् ।

Leave a Reply