पूर्वान्चल विश्वविद्यालयका सेवा आयोगका अध्यक्षमाथि विद्यार्थीद्वारा दुर्व्यवहार

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई विद्यार्थीहरूले दुर्व्यवहार गरेका छन् ।

आफूहरुले राखेको माग सम्बोधन नभएको भन्दै सोमबार दाहाललाई विद्यार्थीहरूले मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौं समस्या समाधानका लागि लामो समय विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदा पनि सेवा आयोगले सुनुवाई नगरेको विद्यार्थी नेताहरूको आरोप छ ।

उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरेपनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्ता गरेकोले कालो मोसो दलेर चेतावनी दिएको नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलले बताए ।

पाँच महिनासम्म पनि सेवा आयोगका अध्यक्षले संवाद गर्न नचाहेका कारण कालो मोसो दलिएको उनको दाबी छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *