युवा संघको सर्कुलर- ४ लाख सदस्यता वितरण गर्ने लक्ष्य छ, काममा लाग्नू (पूर्णपाठ)

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले संगठनमा विशेष सर्कुलर जारी गरेको छ। संगठनका महासचिव सुमन पुरीले एक सर्कुलर जारी गरेको हो।

लुम्बिनी प्रदेशको नेपालगन्जमा भएको नवौँ राष्ट्रिय महाधिवेशन नेपाली युवा आन्दोलनको नयाँ कार्यभार र कार्यदिशा तय गर्दै उद्यमशीलता तथा स्वरोजगारको देशव्यापी अभियान मार्फत समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिको संवाहक शक्तिको रूपमा तमाम युवा पङ्क्तिलाई लाग्न निर्देश गरेको छ।

बैठकले नवौँ राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबेको अध्यक्षतामा निर्वाचित २९९ सदस्यीय केन्द्रीय कमिटीको १० प्रतिशत मनोनयन गरेको उल्लेख छ। सर्कुलरमा उल्लेखित निर्णयहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा उत्साहका साथ र प्रभावकारी ढंगले लागू गर्न गराउन मातहत कमिटीलाई निर्देशन गरिएको छ।

सर्कुलरमा भनिएको छ, ‘अभियानका दौरान संगठनको सदस्यता प्रणाली, कमिटी प्रणाली र प्रविधिको उच्चतम प्रयोग गरी रेकर्ड राखिनेछ, सो को निम्ति प्रत्येक कमिटीले वेबसाइट, सामाजिक सञ्जाल पेजहरू, सामाजिक सञ्जाल ग्रुपहरू सञ्चालन गरिनेछ । संगठनको लक्ष्य, उद्देश्य कार्यक्रमहरूलाई सामाजिक सञ्जालको माध्यमबाट प्रचार गरिनेछ ।’

पार्टी र संगठनको नेतृत्व र निर्णयमाथि हुने साइबर आक्रमणलाई व्यापक प्रतिरोध गरिनुका साथै सदस्यता शुल्क, लेबी तथा अन्य आर्थिक कारोबार डिजिटल रेकर्ड राखिनेछ । क्युआर कोडको प्रयोगगरी विद्युतीय आर्थिक कारोबार गरिने उल्लेख छ।

४ लाख युवाहरूलाई सदस्यता वितरण गरिने लक्ष्यका साथ डिजिटल प्रविधिको उपयोग गरी अभिलेखीकरण गरिनेछ । सदस्यता कार्ड आकर्षक बनाइनेमा जोड दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *