इरानले बनायो १४ सय किलोमिटर मार हान्ने अत्याधुनिक मिसाइल

काठमाडौं । इरानले १४ सय किलोमिटरको मार हान्ने अत्याधुनिक मिसाइल बनाएको छ। इरानी सरकारी मिडिया प्रेस टिभीका अनुसार इरानले यो मिसाइल आफ्नो देशको मुख्य रक्षा कवज भएको भन्दै छिमेकी देशहरुको सुरक्षामा पनि महत्त्वपूर्ण हुने दाबी गरेको छ। प्रेस तीब्रले यो मिसाइलले सबै मिसाइल रक्षा प्रणालीलाई ध्वस्त गर्ने दाबी गरेको छ।

मंगलबार सार्वजनिक गरिएको मिसाइलको नाम फताह राखिएको छ। इरानी भाषामा फताह भनेको बिजेता हो। इरानको ईस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका जर्नेल आमिर अली हाजिजादेका अनुसार यो मिसाइललाई रोक्ने अर्को कुनै मिसाइल नभएको बताएका छन् ।

इरानी नयाँ मिसाइलको समाचार रुसी मिडियामा समेत प्राथमिकतासाथ आएको छ। इजरायललाई दुश्मन मान्दै आएको इरानले यो मिसाइल सार्वजनिक गर्दा ‘दुस्मन’ भनेर इजरायललाई नै लक्षित गरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *