भारत भ्रमण परिणाममुखी भयो, मोदीसँग खुलस्त कुरा राखेँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण परिणाममुखी र भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरिएको बताएका छन्।

राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै उनले विद्युत् र ऊर्जाको क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको बताए।

भारतीय बजारमा नेपाली उत्पादित वस्तुलाई भारतीय बजारमा बेच्नेबारे सकारात्मक छलफल भएको उनको भनाइ छ।

उनले भने, ‘नेपालले सामना गरिरहेको व्यापार घाटाको विषयलाई पनि गम्भीर छलफल भएको छ। दुई पक्षीय व्यापारलाई अझै सहज बनाउनको लागि नेपाल भारत वाणिज्य सन्धिको पुनरावलोकन गर्नेबारे पनि निर्देश भएको छ।’

उनले दुई देशबीच देखिएको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न भारतीय प्रधानमन्त्री सकारात्मक रहेको प्रष्ट्याए।

उनले दुई देशबीचको सम्बन्धको बारेमा मोदीसँग खुलस्त कुरा राखेको पनि दाबी गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *