काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बोलेको शब्दलाई लिएर सत्तारुढ माओवादीका सांसदहरूले आपत्ति जनाएका छन् । संसदमा सत्तापक्ष र प्रतिपक्षबीच तीव्र विवाद सुरू भएको छ ।
खनालले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर’ आएको चर्चा भइरहेको बताएका थिए ।
सांसद खनालले भने, हामी चाहन्थ्यौं उहाँ प्लेन चढेर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर तर दुर्भाग्यवस् भैँसी चढेको कुराहरू आए ।’
त्यसलगत्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलगायत सांसदहरूले उठेर विरोध जनाए । पाण्डेले ‘भैँसी चढेर आएको’ भन्नु असंसदीय भाषा भएकाले यसलाई रेकर्डबाट हटाउन माग गरे ।
एमाले र रास्वपा सांसदहरूले प्रधानमन्त्री स्वयम्ले ‘भैंसी चढेर आएको’ भनेर बोलेको भन्दै उनको अभिव्यक्ति पनि हटाउन माग गरे ।
त्यसपछि एमालेका सांसदहरुले पनि सांसदहरुले प्रश्न गर्न पाउनुपर्ने भन्दै प्रतिवाद गरेका छन् ।

Leave a Reply