काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग मुर्रा राँगो ल्याउने समझदारी ७ वर्षअघि भएको बताएका छन् ।
भारत भ्रमणबारे प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले अहिले आएको मात्रै बताए ।
उनले भने, ‘मुर्रा राँगाको कुरा अहिले भएको होइन । यो आजभन्दा सात वर्षअगाडि नै मुर्रा राँगो ल्याउने समझदारी भएको रहेछन् । आएकोमात्रै अहिले हो । सात वर्ष अगाडिको रहेछ ।
उनले हाँस्दै भने, ‘मलाई मान्छेहरूले अहिले भैँसी चढाएर हिँडेका छन् ।’
प्रधानमन्त्रीले भारतले दिएको राँगोबारे जवाफ दिँदा सदनमा हाँसो छाएको थियो ।

Leave a Reply