ललितपुर । एमयू इन्स्टिच्युट अफ कर्पोरेशन एण्ड डिभलेपमेन्ट (एमआईसीडी) ले युवा र उद्यमशिलता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कलेजका आठौं व्याचका विद्यार्थीले आयोजना गरेको अन्तरक्रियामा अहिलेको आर्थिक अवस्थामा कसरी व्यवसाय चलेको छ, समस्या, चुनौती र समाधानबारे छलफल भएको थियो ।
करिब दुई घण्टासम्म चलेको छलफलमा प्राज्ञ दिनेशराज भुजुले विज्ञान र प्रविधिको सहि तरिकाले प्रयोग गर्न सकेमात्रै नविनता सम्भव हुने बताए ।
युवा उमेर मात्रै नभएर सोच्न सक्ने चरणपनि भएको उल्लेख गर्दै उनले युवाले गर्दा नै वैज्ञानिक आविश्कार हुने बताए ।
उद्यमी घर ललितपुरकी सञ्चालक शोभा घिमिरेले युवाहरुलाइ उद्यमसम्बन्धी तालिम आवश्यक रहेपछि लक्षितवर्गसम्म पुग्न नसकेको बताइन् ।
व्यवसायी सनिष महर्जनले केही गरौ भन्नेलाई दर्ता प्रक्रियामै समस्या रहेको बताए ।
अर्का व्यवसायी जीवन राणाले युवालाई मेन्टरशिपको खाँचो रहेको उल्लेख गर्दै रणनीति नबनाइ व्यवसाय गर्न खोज्दा जोखिम रहेको बताए ।


Leave a Reply