गण्डकीको नीति तथा कार्यक्रममा एमालेको प्रतिक्रिया- गन्तव्य नै क्लियर छैन

पोखरा । गण्डकी प्रदेश नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सरकारले आइतबार ल्याएको नीति तथा कार्यक्रम मन्त्रीले आफ्नो हात जगन्नाथ गरेको आरोप लगाएका छन् ।

पूर्व मुख्यमन्त्रीसमेत रहेका अधिकारीले नेपाल प्रेससँग कुराकानी गर्दै मन्त्रीले आफ्नो क्षेत्रका लागि मात्रै नीति तथा कार्यक्रम समावेश गरेको आरोप लगाएका हुन् ।

‘पुरानै छन् नीति तथा कार्यक्रम । जहाँ मन्त्री छन्, त्यहाँ त्यहाँ कार्यक्रम ल्याउने काम गरेका छन् । त्यसमा पनि घुमाउरो तरिकाले पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाआमाको श्राद्ध गर्ने कोष राखेजस्तै अहिले पनि त्यस्तै देखिन्छ,’ उनले भने ।

नीति तथा कार्यक्रमको गन्तव्य नै क्लियर नभएको पूर्वमुख्यमन्त्री अधिकारीले बताए । ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्वाग्रही छ । विभिन्न निकायलाई पक्षपात गरेको छ । तिनीहरुको नामै लिएको छैन । मनोबल दिशा प्रक्रिएकै छैन । कसरी जाने, कहाँ जाने गन्तव्य नै क्लियर छैन,’ उनले भने, ‘दोस्रो पञ्च वर्षको पहिलो नीति कार्यक्रम हो, यसको फाउन्डेसन नै भएन नी ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *