चित्रबहादुर केसीको आरोप- एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि विरोध गर्‍यो (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि संसदमा विरोध गरेको आरोप लगाएका छन् । उनले अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिनै नमिल्ने तर्क गरे ।

उनले भने, ‘अंगिकृतबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिन मिल्दैन । संविधानमै त्यो कुरा राखियो षड्यन्त्र गरेर । भारतीय शासकहरुले भनेका छन् नेपालमा एक करोड भारतीय छन् भनेर । एकातिर भुगोलमाथि आक्रमण, अर्कोतिर जनसांख्यिक आक्रमण गरेर भारतले नेपाललाई सिक्किम बनाउन, भुटान बनाउन प्रयत्न गरिराखेको छ। त्यसको विरुद्धमा संगठित रुपले नेपाली जनताले त्यो हस्तक्षेपको विरोध गर्नुपर्छ ।’

उनले नयाँ बनेको संसदमा अखण्ड भारत भनेर नेपाली भूमि राखेकोप्रति आँटिराखेको भनेर सरकार गम्भिर बन्नुपर्ने बताए ।

उनले भने, ‘नेपाललाई हिन्दु राज्य बनाउने मात्रै नभएर अखण्ड भारतमा गाभ्ने योजना छ । अहिले साथीहरुको विरोध गरिराख्नुभएको उहाँहरुले अंगीकृत नागरिकबाट जन्मिएकालाई वंशजको आधारमा नागरिकता दिनुहुन्न भन्नेमा होइन । आफूले दिन पाइएन भन्ने मात्रै हो । २०७४ को संसदलेृ पारित गरेको बेलामा ओलीजी प्रधानमन्त्री भएको भए निधारले सही गरेर तत्कालीन राष्ट्रपतिले दिन्थिन् ।’

Comments

3 responses to “चित्रबहादुर केसीको आरोप- एमालेले आफूले नागरिकता विधेयक प्रमाणीकरण गर्न नपाएपछि विरोध गर्‍यो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    प्रचण्डले भारतबाट ल्याएको यिनलाई पनि चढाएछन् ।

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    यो चित्रबहादुर गु रहेछ

  3. डा. रमाशन्कर भुसाल Avatar
    डा. रमाशन्कर भुसाल

    नेपाली राजनीतिमा चित्रबहादुर गौतम केसि यसरी यति तल , यति छिटो गिर्न सक्छन् भन्ने लागेको थिएन। यिनले के भन्न खोजेका हुन् र कसलाई भन्न खोजेका हुन् स्पष्ट छैन। के सम्झौता भए, अनुदानमा दिने भनेको १५ विकासी जातका भैंसी कैले पुग्छन, कहाँ राखिन्छन सबै प्रचण्ड वा परराष्ट्रको वरिष्ठ पदाधिकारी बनाइएकी गङ्गा दाहाललाई सोधे हुने। जति बूढो पाको भयो त्यति बाटो बिराउदै छन् । यिनलाई शेरबहादुर र प्रचण्डले के बुटि सुङ्घाएका छन् उठ्दा बस्दा आफुलाई उपप्रधानमन्त्री बनाएको एमाले र त्यस पार्टीका अध्यक्ष ओलिलाई देखि सहन्नन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *