ओलीको प्रतिक्रिया- देशको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध हट्छ (भिडिओ)

काठमाडौं । प्रमुख विपक्षी दलका नेतासमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुने बताएका छन् ।

नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलगायतका विषयमा सदन अवरुद्धपछि संसद भवन बाहिर ओलीले संक्षिप्त प्रतिक्रिया दिए ।

उनले पत्रकारसँग भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुनेछ ।’

प्रतिपक्षी दलको विरोधका कारण संघीय संसदको दुई सदनको बैठक अवरुद्ध भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *