काठमाडाैं । विशेष अदालतले कर फर्छ्याैट आयोगका तत्कालीन सहसचिव चुडामणि शर्मा र दुई पदाधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा सबैलाई दोषी ठहर गरेको छ । शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल दोषि ठहरिएका हुन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आज गरेको फैसलामा आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिँदा भ्रष्टाचार गरेको ठहर्याएको छ । उनीहरुको सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको विशेष अदालतका उपरजिस्ट्रार एवम् प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए ।
गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा भने चुडामणीले सफाइ पाएका छन् ।

Leave a Reply