सामाजिक सञ्जालमा राष्ट्रपतिको चर्को आलोचनाः मनिषाले लेखिन्- लेन्डुप दोर्जेको याद आयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन विवादित नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना सुरू भएको छ । भारतलाई रिझाउनका लागि सरकारले दलाली चरित्र देखाएको धेरैले टिप्पणी गरेका छन् ।

भारतको अत्यधिक चासो रहेको विधेयक यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रोकिदिएकी थिइन् । तत्कालीन प्रतिनिधिसभा समेत भंग भएपछि ‘मृत’ बनेको विधेयक अचानक ब्यूँताइएपछि विभिन्न आशंका जन्मिएका हुन् । कतिपयले ‘भारतको भिसा प्राप्त गर्न’ प्रधानमन्त्रीले नागरिकता विधेयकको सौदाबाजी गरेको बताएका छन् ।

नेकपा एमाले, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरणको सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरा नै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजकले मन्त्रिपरिषदको सिफारिस प्रमाणीकरण हुने संविधानको कुन धारामा छ भन्ने प्रश्न गरेका छन् ।

उनको स्टाटस यस्तो छः

मन्त्रिपरिषदको सिफारिसमा विधेयक प्रमाणीकरण हुने संविधानको कुन धारामा छ राष्ट्रपतिज्यू रु भारत भ्रमणमा कोसेली लैजानै पर्ने विधेयक नेपालका लागि कि भारतका लागि गठबन्धनज्यू ? केपी ओलीलाई कमजोर बनाउने भनेको यसैको लागि होला । अब प्रशंसामा कविजीहरुका कविता आउँन बाँकी ।

रमेश कँडेलले ट्वीट गरेका छन्, ‘गोल्छे सार्कीले किन थप्पड हान्याथे भन्ने बल्ल बुझ्नुभो होला निरु नबुझ्नु भएको भए अब बुझ्नुस् ।

राजन दा ट्वीटर ह्यान्डलबाट लेखिएको छ

मर्ने बेला हरियो काँक्रो टोक्न पाएका रामचन्द्र पौडेलले भारतमा राम्रै उपचार पाएका रहेछन् । नागरिकता विधेयक प्रमाणिकरण गरेर नागरिकता विवादका सबै ढोका बन्द गरिदिए । सबै विवादहरू अब टारिए । नेपाल भन्ने देश भारतको स्वशासित क्षेत्र नै रहेको स्वीकार्न अब लाज चैँ नमानौँ । जय नेपाल

राप्रपा नेपालका अध्यक्ष कमल थापाको स्टाटसः

प्रमको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो । राष्ट्रहितविपरीत ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्थाकै अपमान हो । राष्ट्रप्रति बेइमानी हो

राजनीतिक टिप्पणीहरु कमै गर्ने अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रपति पौडेलसँग क्षुब्ध देखिएकी छन् । उनले राष्ट्रपतिलाई नयाँ लेन्डुप दोर्जेको संज्ञा दिएकी छन् ।

नेपाल प्रेसको समाचार ट्वीट गर्दै उनले लेखेकी छन्, ‘उहाँलाई यो कुर्सी दिइएको थियो भन्ने सोच्न कठिन छैन । लेन्डुप दोर्जेको याद आयो ।’

Comments

One response to “सामाजिक सञ्जालमा राष्ट्रपतिको चर्को आलोचनाः मनिषाले लेखिन्- लेन्डुप दोर्जेको याद आयो”

  1. ksp pyl Avatar
    ksp pyl

    बाटोमा हिडदा सर्वसाधारणलाई बाटोमा कुर्न लगाएनन् भनेर नाटक गर्ने यता देशै बेच्ने लेण्डुपेहरू । काँग्रेस, माओवादी र माधव देश बेचुवा हुन् । तराईका भारतीय दलाल त दलाल नै भै हाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *