शरणार्थी प्रकरणमा प्रधानमन्त्री- सरकारले आविष्कार गरेको भ्रष्टाचार विरोधी अभियान होइन, हिँड्दै जाँदा देखा पर्‍यो (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई नछाड्ने प्रतिबद्धता जाहेर गरेका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै निर्दोष नफस्ने गरी छानिन गर्न निर्देशन दिएको बताए। अहिले अदालतमा पुगिसकेकाले अदालतबाट दूधको दूध पानीको पानी हुने बताए।

उनले भने, ‘यो पहिलाबाट चल्दै आएको विषय रहेछ। सरकारको अनुसन्धान पनि होइन। यो सरकारको पालामा सुरु भएको कुरा पनि होइन। सरकारले आविष्कार गरेर भ्रष्टाचार विरोधी अभियान थालेको पनि होइन। हिँड्दै जाँदा देखा पर्‍यो। त्यसलाई ह्याण्डल गर्ने भन्ने चुनौती थियो मैले यो विषयमा दोषीलाई कारबाही गर्ने गरी निर्देशन दिएको हुँ। ’

उनले अन्य क्षेत्रमा भएका बेथितीमा सरकार प्रतिबद्ध रहेको बताए। उनले सरकारको कदमले जनता जोडिन थालेको जिकिर गरे।

Comments

One response to “शरणार्थी प्रकरणमा प्रधानमन्त्री- सरकारले आविष्कार गरेको भ्रष्टाचार विरोधी अभियान होइन, हिँड्दै जाँदा देखा पर्‍यो (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    सरकारले आविष्कार गरेको होईन । गर्दै जाँदा आईपरेको भनेर प्रचण्डले काँग्रेस नेतातर्फको कारवाहीलाई भन्न खोजेको हो । उनले भन्न खोजेको के हो भने उनलाई खाँडलाई कारवाही गर्ने ईच्छा थिएन । यो कुरा आईलाग्यो । मैले जानी जानी गरेको होईन भन्न खोजेको हो । यिनलाई सुशासन कायम गर्नु छैन । एमालेका नेतालाई सकेसम्म तान्ने, काँगेसका नेतालाई छोडने र काँग्रेसले रिसाएर समर्थन छोडला भन्ने ठूलो पिर छ । यिनको भनाईमा त्यहि देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *