काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा ल्याएका पानीजहाजको एजेण्डा कहाँ कार्यान्वयन भयो भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा छलफलमा बोल्दै नीति तथा कार्यक्रम यथार्थमा टेकेर कार्यान्वयनमा जोड दिए।
उनले भने, ‘म महाकाली नदी किनाराको मानिस एक पटकको नीति तथा कार्यक्रम पढ्दा मलाई स्वर्गको अनुभूति भयो। कञ्चनपुरबाट पानीजहाज चढेर डडेलधुरा हुँदै बैतडी भएर दार्चुला पुग्ने अनुभूति भयो। पानीजहाज पनि चानचुन होइन नर्वेजीन क्रुजजस्तै होला भन्ने अनुमान गरे। यो नीति तथा कार्यक्रममा हाम्रो वास्तविक धरातलमा झरे जुन दिन म जस्ता मान्छे पानीजहाज चढेको होइन। जयसिंह धामी त्यही महाकाली नदिनमा डुबेर मरे महाकाली नदीमा नर्वेजीन क्रुजको यात्रा र तुइन चुँडेर त्यसै नदीमा मानिस मर्नुको बीचको मर्नुको अन्तरको खाडल हो हामी बीचको।’
सत्ता पक्ष र प्रतिपक्षबीच दुई मिटरको समस्या भएको बताए।

Leave a Reply