शरणार्थी प्रकरणमा ओलीलाई विश्वप्रकाशको जवाफ- हामी न्यायाधीश होइनौँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री विश्वप्रकाश शर्माले नक्कली शरणार्थी प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। ओलीले निर्दोषलाई फसाउन खोजिएको भन्दै दिएको अभिव्यक्तिप्रति उनले विमति जनाए।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा छलफलमा बोल्दै उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दलको नेताले दोषीलाई उम्काउने खोजिँदै भन्ने आशंकामा राज्यले ध्यान देला नै। तर, उहाँले निर्दोष फसाउने प्रयास भइरहेको छ भन्ने वाक्य प्रयोग गर्नुभयो। यही रोष्ट्रमबाट। को दोषी को निर्दोष प्रहरीले छानबिन गर्दैछ। हामीले न्यायाधीश होइनौँ।’

उनले निर्दोष कोही फस्न नहुने र दोषीलाई कारबाही गर्नका लागि सरकारलाई साथ दिने बेला भएको बताए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने समय नभएको बताए।

उनले विगतमा भएका सबै भ्रष्टाचारको फाइल खोल्न प्रस्ताव गरे।

Comments

One response to “शरणार्थी प्रकरणमा ओलीलाई विश्वप्रकाशको जवाफ- हामी न्यायाधीश होइनौँ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    न्यायाधिश हुने त टाढाको विषय साँसद हुन पनि लायक रहेनछौ । हुन त लुटेरा काग्रेस पार्टीको साँसद न हौ । बाँदरले आफू पनि बनाउदैन र अर्कालाई पनि बनाउन दिदैन । ओलिले भ्यूटावर मात्र बनाएको देख्ने यिनलाई आँखा जचाउँन सुझाव दिन्छु । ओलि भ्यू टावर बनाउँछन, बाटाघाटा पुल पुलेसा बनाउँछन् , अस्पताल बनाउछन, सुरूङ् मार्ग बनाउछन्, पानी जहाज, मेट्रो रेलको योजना बनाउछन्, चीनतर्फ बाटो खोल्छन, चीनबाट समेत बन्दरगाहसम्म पुग्ने योजनालाई साकार पार्छन आदि आदि । यति धेरै र दूरगामी महत्वका काम गर्ने ओलि यी लुटन साँसद बनेकालाई त पच्ने कुरा भएन । तर याद गर विदेशीका एजेण्टहरू नेपाली जनताको चेतनाको स्तर उन्नत छ । अब विदेशीका सेवक, लुटेराहरूका दिन गए । चटके र एक महिना पनि नटिक्ने बोली भएकालाई प्रधानमन्त्री मानेर देशलाई रसातलमा पुराउने र अन्तत विदेशीको खासगरी दिल्लीको दलाली बाहेक केही नगर्ने सरकारलाई छिटो फाल्न जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *