विश्वप्रकाशको प्रस्ताव- नीति तथा कार्यक्रम चैतमा ल्याऔँ, प्रधानमन्त्रीले क्रमभंग गर्नैपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री विश्वप्रकाश शर्माले सरकारको नीति तथा कार्यक्रम चैत महिनामै ल्याउन प्रस्ताव गरेको छन्।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा छलफलको क्रममा उनले यो बिरालो बाँध्ने शैली भएको टिप्पणी गरे।

उनले भने, सरकारको नीति तथा कार्यक्रमको यो शैली धेरै आलोच्य भइसकेको छ। विरालो बाँध्ने परम्परा यसलाई अन्तिम बनाउनुपर्छ। नीति तथा कार्यक्रम चैत महिनामै ल्याऔँ। सरकारले प्रस्तावित गर्ने र सांसदले परिमार्जित गर्ने नीति आगामी वर्ष र दिनहरूका लागि संकल्प गरौँ। त्यसको क्रमभंग गर्ने संकल्प आजै प्रधानमन्त्रीले आफ्नो मन्तव्यबाट राख्नुहुन्छ भन्ने विश्वास छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *