रूपन्देही । प्यूठानको गौमुखी गाउँपालिका ५, खुङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गएराती ट्याक्टर दुर्घटनामा घाइते भएका चालक २२ वर्षीय सुमन हमालको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशिल थापामगरले जानकारी दिए ।
गौमुखीको सालीबिसौनाबाट ठूलाबेसी तर्फ जादै गरेको लु ४ त १२२५ नम्वरको खाली ट्याक्टर अनियन्त्रीत भई दुर्घटना परेको थियो । ट्याक्टर सडकदेखि २० मिटर तल खसको छ ।
दुर्घटनामा गौमुखी गाउँपालिका वडा नम्वर ५ ठूलाबेसीका सहचालक सुरज मल्ल घाइते भएका छन् । मल्लको जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ ।

Leave a Reply