रविको दिक्दारी- मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरालाई लिएर आफूलाई इरिटेट गरिएको बताएका छन् ।

उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुन: हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् ।

रविले फेसबुकमा लेखेका छन्, ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।’

अमेरिका नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुन: कायम गराएको प्रष्ट्याएका छन् । अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको उनको भनाइ छ ।

‘यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएँ । टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ’, रविले लेखेका छन् ।

चेतावनीयुक्त भाषामा उनले लेखेका छन्, ‘घण्टीलाई बजाउनमात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।’

Comments

3 responses to “रविको दिक्दारी- मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ”

  1. गोविन्द बोहरा Avatar
    गोविन्द बोहरा

    धन्न इरिटेट हुनेगरिको काम मात्र पो गरेछन् !
    पहिला पहिलाको अनेकन घट्नाक्रम हेर्दा त “इरर” नै गरिदिएका छन् रवि बाबू !

  2. Anu Paudel Avatar
    Anu Paudel

    यो भौमान अचम्म को जिन्तु छ। आफु ले दुनियाँ लाई हुने नहुने भन्दा केही भएन अहिले अरु ले आफु लाई कसैले केही भन्यो केही गर्‍यो कि इरिरेट गरेको हुन्छ। अचम्म को आदत भौमान को ।

  3. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    अमेरिकी राहदानी हुँदाहुँदै प्रयोग गरिरहेकै बखत गलत विवरण पेस गरेर नेपाली राहदानी लिनु र त्याग गरिसकेको नागरिकता प्रयोग गरेर धन्दाहरू चलाउनु सन्देहपूर्ण छ नै।त्यसमाथि हमित कारजाई मोडलमा नेपालमा राजनीति गर्ने निजको चाहानालाई कदापी सही मान्न सकिन्न। तर भौमान भक्तहरूले कुरो बुझे पो!

Leave a Reply

Your email address will not be published. Required fields are marked *