काठमाडौं । नेपाल खेलकुद महासंघले नेपाल सरकारको कूल बजेटको २ प्रतिशत खेल र खेलाडिमा रकम विनियोजन गर्न माग गरेको छ ।
आज युवा तथा खेलकुदमन्त्री डिक बहादुर लिम्बुलाई भेटेर महासंघले १३ बुंदे ज्ञापन पत्र बुझाउँदै खेलकुद विश्वविद्यालय तुरुन्तै सन्चालन गर्न समेत माग गरेको छ ।
नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष प्रशुराम बस्नेतको नेत्रुत्वमा मन्त्रालय पुगेको नेकोशको टिमले आफ्ना १३ बुंदे मागहरु तुरुन्तै कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको हो ।

नेकोशले राष्ट्रिय खेलकुद परिसदको लामो समय देखि रोकिएको बढुवा प्रकृया अविलम्ब अगाडि बढाउन माग गरेको छ भने खेलाडीको दुर्घटना बीमा र निःशुल्क उपचार गर्न समेत माग गरिएको नेकोशका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र दाहालले जानकारी दिए ।
साथै नेकोशले आउने दिनमा ७ वटै प्रदेशमा प्रत्याप्त बजेट पुराएर टोल टोलमा आफ्नो खेलाडी उत्पादन गर्ने भुमिकामा साथ दिन समेत माग गरेको हो ।


Leave a Reply