लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आउँदो शुक्रबारदेखि हुने भएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयकी प्रवक्ता धर्मा अर्याल बेल्वासेले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएकी हुन् ।

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख २९ मा अन्त्य भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *