सरकारको क्याप्टेन प्रधानमन्त्री हो, कहाँ हस्तक्षेप गर्ने प्रष्ट हुनुपर्छ : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समस्या पहिचान गरेर नीति तथा कार्यक्रम कार्यान्वयन गराउन जोड गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्वाचनपछि बनेको सरकारको क्याप्टेन प्रधानमन्त्री हुने बताए।

उनले भने, ‘क्याप्टेनलाई के थाहा हुन्छ भनेर समय निश्चित छ, स्रोत सीमित छ। आवश्यकता र आकांक्षा ठुलो हुन्छ। यो पृष्ठभूमिका के गर्ने र कसरी गर्ने भन्ने कुरामा प्रधानमन्त्री स्पष्ट हुनुपर्छ। यस्तो बेलामा क्याप्टेनलाई के गर्ने के नगर्ने भन्ने थाहा हुन्छ। कहाँ हस्तक्षेप गर्ने ?’

उनले प्रधानमन्त्रीको भाषण सुन्दै गर्दा सबै कुरा थाहा भएजस्तो लागेपनि केही थाहा नहुने टिप्पणी गरे।

उनले भने, ‘अहिले नयाँ सरकार आएको छ। प्रधानमन्त्रीको भाषण सुन्दै गर्दा सबै कुरा थाहा छ जस्तो लाग्छ। तर, वास्तममा थाहा हुँदैन। यो एक प्रकरणको बयानबाजी मात्रै हुन्छ। के गर्ने कसरी गर्ने भन्ने थाहा हुँदैन। त्यो थाहा नभएपछि मन्त्रीलाई पनि थाहा हुँदैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *