पञ्चायतकालका कारखाना बेचेर खाएको सरकारको अहिले चेत खुल्यो : सांसद राणा (भिडिओ)

काठमाडौं । राप्रपाका सांसद धवल शमशेर राणाले पञ्चायतकालका कारखानाहरू बेचेर खाएर गलत गरेका रहेछौँ भन्ने सरकारको चेत खुलेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘बल्ल सरकारलाई चेत आयो हामीले गलत गरेको रहेछौँ भन्ने। पञ्चायत टाइमका कारखानाहरू बेचेर सिद्ध्याएर खाएको गलत गरेको रहेछौँ भन्ने बल्ल चेत आयो र नयाँ र पुराना कारखानालाई ब्युँझाउने कुरा अगाडि अहिले बढाएको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *