माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी छ : सिके राउत (भिडिओ)

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उनले ७० पानामा तीन पटक संघीयताको उच्चारण गरिएको बताए।

उनले भने, ‘संघीयतालाई सबल गर्ने खालको ठोस नीति तथा कार्यक्रम देखिएन। म आफैँ आश्चर्य चकित छु कि माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम त्यो संघीयता विरोधी छ। संघीयताको उच्चरण पनि तीन पटक गर्दाखेरि एकचोटी प्रस्तावनामा गरिएको छ। एकटोटी संघारमा गरिएको छ र एकचोटी मात्रै बुँदा नम्बर १९ मा गरिएको छ। त्यसमा वित्तीय संघीयता प्रभावकारी कार्यान्वयन गरिनेछ भनिएको छ। त्यो भन्दा ठोस कुनै योजना छैन।

उनले संघीयता कार्यान्वयनको ठोस धारणा ल्याउन सरकारसँग माग गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *