विष्णु रिमाललाई गीतबाट हर्क साम्पाङको जवाफ- एउटा फ्याउरो कराएछ ए होइ

काठमाडौं । एमाले उपमहासचिव विष्णु रिमालले केही दिनअघि धरानका मेयर हर्क साम्पाङमाथि तुच्छ शब्द प्रयोग गर्दै टिप्पणी गरे । त्यो उनका लागि अरिंगलको गोलामा ढुंगा हानेझैँ भएको छ ।

सामाजिक सञ्जालमा रिमाल चर्को आलोचनाको शिकार भइरहेका छन् । आफूले बोलेको कुरालाई फरक व्याख्या गर्दै प्रष्टीकरण दिए पनि उनले धर पाएका छैनन् ।

यता फेसबुकमा रिमाललाई ‘गुइँठे’ को संज्ञा दिएका मेयर साम्पाङले गीतबाट पनि जवाफ दिएका छन् ।

उनले गिटार बजाउँदै रिमाललाई लक्षित गरी गीत गाएका हुन् ।

गीतको बोल यस्तो छ:

एउटा फ्याउरो स्टेज चढी कराएछ ए होइ

पचास हजार लाइक भन्दै ५/१० लाख गाली मात्रै खाएछ ए होइ

ए होइ ए होइ ए होइ के सारो, ए होइ ए होइ ए होइ

गाली, ए होइ ए होइ ए होइ खाको, ए होइ ए होइ ए होइ

बिजोक भो, ए होइ ए होइ ए होइ

जनताले चुने मलाई विरोध किन गर्छौ

जनहितको काम गर्दा खुट्टा किन तान्छौ

बाँदरको व्यहोरा छेपारोको रंग

नेता बनी टोपल्छ है रंग न ढंग

विरोध मात्रै गरेको छ भातले सरापेको

के नै कुरा गर्नु र खोइ यस्ता तोर्पेको

ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ ए होइ

@harkarajrai56 बुझ्नेलाई इसारा नै काफी छ ! को रहेछ त्यो एहोइ ?🤣🤣🤣 #harkasampang #mayor #dharan ♬ original sound – Harka Sampang A Revolution

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *