माधवलाई गोकुलको जवाफ- केपी ओली प्रोफेसर, डाक्टर, इन्जिनियर, आर्किटेक सबै हो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई हेडमास्टर भनेपछि सांसद गोकुल बाँस्कोटाले त्यसको जवाफ फर्काएका छन्।

सांसद सापकोटाले नीति तथा कार्यक्रममाथि छलफलको क्रममा ओली हेडमास्टर शैलीमा प्रस्तुत भएको टिप्पणी गरेका थिए।

सत्तापक्ष आफ्नो कमजोरी लुकाउने प्रतिपक्षको तेजोबोध गर्ने र तीव्र प्रतिवाद गर्ने, उल्टो बाटोमा हिँडेको देखेर आफू छक्क परेको टिप्पणी गरे।

सांसद बास्कोटाले थपे, ‘हामीले पनि केही कुरा जवाफ दिनुपर्ने भयो हेडमास्टर भन्नुभयो हामी आक्रोशित छैनौँ। एमाले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता सामाजिक न्यायसहितको परिवर्तनको विश्वविद्यालय हो। त्यो तपाईँहरूले दिएको उपाधिलाई हामीलाई पुग्दैन। केपी ओली यो विश्वविद्यालयको भिसी हो, प्रोफेसर, डाक्टर हो। इन्जिनियर हो। आर्किटेक हो। सबै हो। तपाईँहरूले कम्तीमा सिक्न पाउनुभयो। बधाई भन्न चाहन्छु। उहाँले भनेको कुरा ग्रहण गर्नु सुल्टो बाटो हुन्छ।

तथ्यको खडेरी परेपछि आरोप प्रत्यारोप हुने उनको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *