ओली प्रधानमन्त्री बनेपछि विकासको भाष्य बदल्यौँ, कुण्ठाले देश बन्दैन : योगेश भट्टराई (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट दिशा निर्देश नगरेको दाबी गरेका छन्।

प्रतिनिधिसभामा छलफलको क्रममा अध्यक्ष केपी शर्मा ओलीले झैँ पुनर्लेखन गर्न सुझाव दिए।

उनले भने, ‘०५१ सालमा सामाजिक सुरक्षा भत्ता दिन थालेपछि हामीले सरकारको भाष्य बदल्यौँ। केपी ओली प्रधानमन्त्रीको बनेपछि विकासको भाष्य परिवर्तन गर्‍यौँ। तपाईँहरू विकासको भाष्यमा बहस गर्न तयार हुनुहुन्न। भएका कामहरूलाई गलत भए भनेर इतिहासका उल्टो फर्काउन खोज्नुहुन्छ। पछौटे दिमागले देश बन्न सक्दैन। अग्रगामी हुनुपर्छ।’

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै उमेर पाको भएर मात्रै नहुने भन्दै कुण्ठाले देश नबन्ने बताए।

उनले गठबन्धन सरकार आएपछि अन्तर्राष्ट्रिय सम्बन्धनको छाता ढल्किरहेको आरोप लगाए।

Comments

One response to “ओली प्रधानमन्त्री बनेपछि विकासको भाष्य बदल्यौँ, कुण्ठाले देश बन्दैन : योगेश भट्टराई (भिडिओ)”

  1. बिर्खे मान सिह गुरुङ Avatar
    बिर्खे मान सिह गुरुङ

    🤣🤣🤣 कति सकेकाे है आफैले आफैलाई मपाई भन्नलाई अरुहरुले तपाईं भन्देकाे भऐ पाे सुनमा सुगन्ध हुनेथियाे खैर तिमी र तिम्रा थुतुना बिगि्रए नक्कली राष्ट्रवादी साैतेला बा काे के कुरा जे पनि भन्न भ्याउछ तर सत्य यही नै हाे तिमी साेझा साझा भुमिपुत्र , जसलाई नामकरणमा आदिबासी , जनजातिहरुलाई ठग्न , धुर्ताई गर्ने पार्टी हाै🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *