संसद बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।

प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री र सभामुखबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन्।

आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ। तर, ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु भएको छैन।

यसअघि संसद्लाई प्रभावकारी बनाउने र सरकारले भोलि संसदमा पेश गर्न नीति तथा कार्यक्रमबारे मङ्गलवार पनि छलफल भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *