रेडमी १० मा अफर, कति पर्छ मूल्य ?

काठमाडौं । शाओमीले रेडमी १०, नेपाली बजारमा छुट मूल्यमा उपलब्ध गराउने भएको छ।

जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्येश्यले रेडमी १० मा अफर स्वरुप मूल्य घटाएको हो ।

कम्पनीका अनुसार रेडमी १० २०२२ उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र बलियो सुविधाको लागि व्यापक रूपमा प्रशंसा गरिएको छ। स्मार्टफोनमा ६.५ इन्चको एफएचडीं डिस्प्ले, जसले प्रयोगकर्तालाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ।

त्यस्तै,शक्तिशाली मिडिाय टेक हिलिओ जी८८ प्रोसेसरद्वारा सञ्चालित, जसले मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दै सहज र ल्याग–रहित प्रदर्शन प्रदान गर्दछ। त्यसैगरी १८ वाट फास्ट चार्जिङ सपोर्ट रहने यसमा शक्तिसाली ५ हजार एमएच ब्याट्रीको साथ प्रयोगकर्ताहरूले लगातार चार्ज नगरी विस्तारित उपयोगको मजा लिन सक्ने कम्पनीको दाबी छ ।

हाल उपलब्ध रहेका स्मार्टफोनहरुः

वास्तविक मूल्य २० हजार ४९९ रुपैयाँमा रहेको फोन छुटपछि १९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ। त्यस्तै अर्को फोन वास्तविक मूल्य २३ हजार ९९९ रुपैयाँ रहेको फोन छुट मूल्यमा २२ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौं र हामी विश्वस्त छौं कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ।’

Comments

One response to “रेडमी १० मा अफर, कति पर्छ मूल्य ?”

  1. rj budha Avatar
    rj budha

    कसरी प्राप्त गर्ने हो यो भनी दिन परो

Leave a Reply

Your email address will not be published. Required fields are marked *