२३.३९ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको चौथो दिन बुधवार नेप्से दोहोरो अंकले बढेको छ । बुधवार नेप्से परिसूचक २३.३९ अंकले घटेर १८४५ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबारका दिन मंगलवार मात्रै ३.३१ अंकले बढेको बजारमा आज २५ लाख ७७ हजार २१० कित्ता सेयरको खरिदबिक्रीमा ८५ करोड ७६ लाख २४ हजार तिन सय १८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारका आधारमा सर्वाधिक नाफा कमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, इस्ट्रन हाइड्रोपावर लिमिटेड, ग्रिन लाइफ हाइड्रोपावर र आदर्श लघुवित्त वित्तीय संस्था रहेका छन् ।

सर्वाधिक गुमाउनेमा भने मईखोला हाइड्रोपावर लिमिटेड, यूनिक नेपाल लघुवित्त वित्तीय संसथा, नेपाल बैंक डिबेन्चर २०८७ र नेपाल इन्भेस्टमेन्ट डिबेन्चर २०८२ रहेका छन् ।

त्यस्तै, उपसमूहतर्फ भने १३ वटै समूहको सेयर मूल्य बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *