पूर्वराष्ट्रपति यादवको चिन्ता- कांग्रेस शहरकेन्द्रित भयो

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस शहरकेन्द्रित भएको भएको बताएका छन् । प्रजातान्त्रिक विचार समाजको महाधिवेशनलाई सम्बोधन गर्दै निर्वाचनका बेला आधा मात्रै केन्द्रीय सदस्यहरू जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने बताए ।

उनले भने, ‘कांग्रेस शहरकेन्द्रित मात्रै भयो । गिरिजाप्रसाद कोइरालाहरू गाउँकेन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो । पहिला केन्द्रीय समितिमा ३०, ३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ, कम सेकम आधालाई जिल्ला जिल्लामा खटाइदिए कम्तिमा एउटामा दुईजना पुग्थे ।’

अरू पार्टीका पार्टी सदस्यहरू मिसन ग्रासरुट गरिरहेको बेलामा कांग्रेस नेताहरुले शहर छाड्न नसकेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *