काठमाडौ । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बलियो बागमती देखिएको छ । बागमती प्रदेशको अर्थतन्त्रको आकार बलियो बनाउन सबैभन्दा ठूलो योगदान भने थोक तथा खुद्रा व्यापार क्षेत्रको देखिन्छ । यो प्रदेशमा चालू आर्थिक वर्ष १९ खर्ब ८१ अर्ब रूपैयाँ बराबरको अर्थतन्त्रको आकार पुग्ने अनुमान गरिएको छ । अर्थतन्त्रमा यो प्रदेशको मात्रै ३६.८ ५ योगदान रहने बताइएको छ । बढ्दो शहरीकरण, धेरै जनसंख्या, राष्ट्रिय तहका ठूला व्यापारिक कारोबारजस्ता कारण अर्थतन्त्रको आकार ठूला बनाउन सघाउने उपकरण हुन् । बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रो ठूलो हिस्सा हो । यो प्रदेशमा कृषिको योगदान भने ज्यादै न्यून छ ।
तर, अर्थतन्त्रका हिसाबले सबैभन्दा कमजोर प्रदेशको रूपमा देखिएको कर्णाली प्रदेशको यो वर्ष अर्थतन्त्रको आकार उपभोक्ताको मूल्यमा करिब २ खर्ब २१ अर्बको हाराहारी हुने अनुमान छ । थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र कोशी, मधेश र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सा मै कायम रहेको छ ।
बागमती प्रदेशमा गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ६.३०५ थियो भने यस आ.व. मा संकुचन आई १।४४५ कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २३.६५ व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३५ पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्षेत्रको रहेको छ ।
कुन प्रदेश कति बलिया ?
कोशी प्रदेश
यो प्रदेशको अर्थतन्त्र उपभोक्ताको मूल्यमा करिब ८ खर्ब ४९ अर्ब हुने अनुमान गरिएको छ भने गत आवको संशोधित अनुमान करिब ७ खर्ब ८० अर्ब रहेको छ । यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ ५ योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ५.४७५ थियो भने यस आ.व.मा संकुचन आई २.०५ मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३३.२५ कृषि क्षेत्रको ९ रहनेछ भने सबैभन्दा कम योगदान ०.३ ५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने छ ।
मधेश प्रदेश
यो प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव ७ खर्ब ७ अर्ब हुने अनुमान छ । गत आ.व. मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.१५ हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा समेत १३.१५ योगदान पुर्याउने अनुमान गरिएको छ । यसैगरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ४.६३५ थियो भने यस आ.व.मा संकुचन आई १.६९५ मात्र कायम रहने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३५.२५ कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२५ खानी तथा उत्खनन क्षेत्रको रहेको छ ।
बागमती प्रदेश
बागमतीको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब १९ खर्व ८१ अर्ब हुने अनुमान छ । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ३७.९५५ हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा ३६।८६५ योगदान पुर्याउने अनुमान गरिएको छ । यसैगरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ६.३०५ थियो भने यस आ.व.मा संकुचन आई १.४४५ कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २३.६५ व्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३५ पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापहरू क्षेत्रको रहेको छ ।
गण्डकी प्रदेश
यस आवमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ४ खर्व ८२ अर्ब रुपैयाँ हुने अनुमान छ भने गत आ.व. को संशोधित अनुमान करिब ४ खर्ब ३७ अर्ब रहेको छ । गत आ.व. मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ८.९५ हिस्सा ओगटेको गण्डकीले यस आ.वमा ९.०५ योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ६.३५५ थियो भने यस आ.व. मा संकुचन आई ३.२६५ मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २५.९५ कृषि क्षेत्र र सबैभन्दा कम ०.३५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनीको कुल गार्हस्थ उत्पादन करिब ७ खर्ब ६२ अर्ब हुने अनुमान छ भने गत आ.वका संशोधित अनुमान करिब ६ खर्ब ९७ अर्ब छ । गत आ.व. मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१५ हिस्सा ओगटेको यस प्रदेशले यस आ.व. मा १४.२५ योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ५.०३५ थियो भने यस आ.व.मा संकुचन आई २.०६५ मात्र कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान २९.८५ कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.३५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
कर्णाली प्रदेश
यस आ.व. मा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब २ खर्ब २१ अर्ब हुने अनुमान छ भने गत आ.व. का संशोधित अनुमान करिब २ खर्ब १ अर्ब छ । गत आ.व. मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४. १५ हिस्सा ओगटेको यस प्रदेशले यस आ.व. मा समेत ४.१५ योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ५.३२५ थियो भने यस आ.व.मा संकुचन आई १.९१५ कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३०.८५ कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।
सुदुरपश्चिम प्रदेश
यस आ.व. मा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ३ खर्ब ७६ अर्ब हुने अनुमान छ भने गत आ.व. का संशोधित अनुमान करिब ३ खर्ब ४५ अर्ब रहेको छ । गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७.०५ हिस्सा ओगटेको यस प्रदेशले यस आ.व. मा समेत ७.०५ योगदान पुर्याउने अनुमान छ । यसैगरी गत आ. व. मा कुल गार्हस्थ उत्पादनको वृद्धिदर ४.७८५ थियो भने यस आ.व. मा संकुचन आई १.७८५ कायम रहने अनुमान छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान ३३.४५ कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.१५ प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहेको छ ।

Leave a Reply