सभामुखले सरकारी गाडी सिक्दा ठोक्कियो, घटना गुपचुप पार्न बजार छलेर गाउँमा लगियो बनाउन

रुपन्देही ।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले बुटवल रामनगरस्थित सरकारी निवासमा प्रदेश सभाको गाडी चलाउन सिक्दा ठोक्किएर दुर्घटनामा परेको छ ।

यसरी ठोक्किँदा निवासमा रहेको पर्खाल भत्कियो र पिकअप भ्यान कुच्चिएको छ । सो गाडी कसले चलाएको थियो भन्ने कुरा गोप्य राखिएपनि सचिवालयले गाडी ठोक्किएको र सामान्य क्षति भएको स्वीकार गरेको छ ।

स्रोतका अनुसार सभामुख घर्ती आफैले सिक्दा यस्तो भएको बताइपनि उनको सचिवालयले त्यसो नभएको दावी गरेको छ ।लु १ झ ४५२ नम्बरको महेन्द्र टाटा स्कारपियो गाडी अहिले बुटवलकै बेलवासमा रहेको भैरव अटोमा मर्मतका लागि लगिएको प्रदेश सभाका प्राविधिक सुरज ढकालले बताए ।

‘घटना कसरी भयो भन्ने विषय म बाहिर भएकाले थाहा भएन, गाडीमा क्षति भएर मर्मतका लागि लगिएको छ’ उनले भने । पहिले इटाभट्टीस्थित फोर स्कायरमा मर्मतका लागि लगिएपनि त्यहाँ मर्मतको मूल्य धेरै भएको बुटवलमा यो घटना सार्वजनिक हुने डरले बेलवासमा पुराइएको स्रोतले जनाएको छ ।

अहिले सभामुख निवासमा भत्काइएको पर्खाल बनाउन धमाधम मिस्त्री लगाइएको छिमेकीले बताए । डेढ महिनाअघि सभामुख सचिवालयकै लु १ झ ४४७ नम्बरको गाडी सिक्दा ठोक्किएको थियो । बुटवल योगिकुटीस्थित बाटोको पोल ढालेर डिललीराज अर्यालको घरमा ठोक्किएको र क्षतिपूर्तिको विवाद नमिलेका कारण सो गाडी अहिलेसम्म बनेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *