‘नेपालका लागि वित्तिय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन’ सम्पन्न

काठमाडौं । लगानी बोर्ड नेपालको कार्यालय र स्ट्याण्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको सहकार्यमा एक दिवसीय नेपालका लागि वित्तिय सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ।

सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालले आर्थिक सामाजिक विकासका लागि आवश्यक लगानीको खाडल पूर्ति गर्न सम्मेलनले नवीनतम वित्तीय उपकरण एवं उपायहरू प्रस्तुत गर्ने र सरकारले निजी लगानी प्रवर्द्धन, सहजीकरण र प्रोत्साहनका लागि कानुनी, संस्थागत र प्रक्रियागत सुधारलाई निरन्तरता दिदैं आएको बताए

त्यस्तै, नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार, बैंक तथा वित्तीय संस्थाहरू, विज्ञ लगायत विविध क्षेत्रका प्रतिनिधिहरू उपस्थिति उक्त सम्मेलनलाई अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा.प्रकाशशरण महत, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. अच्युत वाग्ले, स्ट्याण्डर्ड चार्टर्ड बैंक युकेका डा.जोन मुर्टोन, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिर्वाण घोष दस्तिदार लगायतले सम्बोधन रहेको थियो ।

कार्यक्रमा अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका अतिरिक्त स्रोत परिचालनका लागि वित्तपोषणका नयाँ उपाय र औजारहरू आवश्यक रहेको भन्दै यस्ता स्रोत विद्यमान संरचना एवं व्यवस्थाहरूमा उपलब्ध स्रोतको ‘रिप्याकिंग’ मात्र नभई थप स्रोतको उपलब्धता समेत हुनुपर्ने धारणा राखे ।

त्यसैगरी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विभिन्न वित्तीय स्रोतबाट प्राप्त हुने श्रोतको मिश्रणले परियोजनाको वित्तीय सम्भाव्यता बढ्नुका साथै लगानीकर्ताले आकर्षक प्रतिफल समेत प्राप्त गर्न सक्ने बताए ।

सम्मेलनको समापनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बोल्दै सम्मेलन नेपालको वित्त र मौद्रिक नीतिको तर्जुमाका लागि उपयोगी हुने भनाइ राखे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *