मुकेश कायस्थलाई शहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १७ वर्षदेखि जिउँदो शहिदका रूपमा चिनिएका कायस्थलाई शहिदको घोषणा गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

कायस्थ दोस्रो जनआन्दोलनका घाइते भएका थिए । उनको गग बुधबार ३२ वर्षको उमेरमा निधन भएको थियो ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका मात्र थिए । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि उठ्न सकेका थिएनन् ।

सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *