काठमाडौं । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले टीआरसीका बाँकी प्रक्रिया पूरा गर्न सबै पार्टीहरु एक ठाउँमा उभिएको बताएका छन् ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यो विधेयकलाई चाँडै कानून निर्माण गरेर टुंग्याउनुपर्ने बताए ।
सांसद नेम्बाङले भने, ‘हामीले संसदमा आफ्नो कुरा राखिसकेका छौं । हाम्रा अन्तर्राष्ट्रिय प्रतिबद्धता पनि छन् । सर्वोच्च अदालतका फैसला छन् । सकेसम्म धेरै पीडितहरुका कुरा समेटेर छलफल गर्दै, संशोधन प्रक्रियामा भाग लिँदै यहाँ आइपुगेका छौं ।’
पीडितहरुको कुरालाई समेटेर कानून निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

Leave a Reply