काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहितको प्रहरीको पत्र संसद सचिवालयमा दर्ता भइसकेको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ (१) बमोजिम आजै रायमाझी पक्राउबारे सदनलाई जानकारी गराउने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले नेपाल प्रेसलाई बताए ।
अहिले प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।
(यस समाचारमा भुलबस निलम्बन हुने कुरा परेकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ : सं)

Leave a Reply