काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमार्फत पौने २५ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
बैंकले आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको ट्रेजरी बिल मंगलबार जारी हुने बैंकले जनाएको छ ।
ट्रेजरीमार्फत सरकारले २४ अर्ब ७४ करोड ५० लाख रूपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
बैंकले १८ अर्ब ७४ करोड ५० लाख परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिल नवीकरण गर्न र ६ अर्ब रूपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरिएको हो । सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।

Leave a Reply