काठमाडौं । विभिन्न माग राखी ६ दिनदेखि आमरण अनशनमा रहेकी बिनु कठायतलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्तामा बोलाएका छन् ।
बिनुको तर्फबाट ३ सदस्यीय टोली वार्ताका लागि गृह मन्त्रालय जाँदै छ ।
श्रीमान् र काका ससुराबाट यौन हिंसामा परेको तर अदालतबाट पनि न्याय नपाएको भन्दै बिनु माइतीघर मण्डलामा आमरण अनशन बसिरहेकी छन् । उनले ६ बुँदे माग अघि सारेकी छन् ।
गृह मन्त्रालयका अधिकारीहरूले हिजो बिनुलाई भेटेर गृहमन्त्रीको चासोबारे सुनाएका थिए ।
आज गृहमन्त्री श्रेष्ठ आफैँले वार्तामा बोलाएको बिनुको साथमा रहेकी अभियन्ता जश्मिन ओझाले बताइन् ।
ओझासहित राधिका खतिवडा र यादव सिंहको टोलीले साढे १ बजेदेखि सिंहदरबारमा गृहमन्त्री श्रेष्ठसँग प्रारम्भिक वार्ता गर्ने छ ।

Leave a Reply