प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । बैठक अपराह्न १ बजे, बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

यसै गरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए ।

बस्नेतको गत २०८० वैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *