काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नक्कली भुटानी शरणार्थी सम्बन्धित मानव तस्करी, संगठित अपराध र ठगी जस्ता जघन्य अपराधको प्रहरीले छानबिन गरिरहेको अवस्थामा छानबिन प्रभावित गर्ने गरी प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठक, तालमेल र गतिविधि आपत्तिजनक भएको बताएका छन् ।
सामाजिक संजाल ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘यो काण्ड दबाउने काम गरियो भने जनआक्रोशको आँधिबेहरी कसैले रोक्न सक्दैन ।’
पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण आज पक्राउ परेपछि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठक बसेको थियो । बैठकप्रति इङ्कित गरी थापाले रोष प्रकट गर्दै नेताहरुको बैठक, तालमेल र गतिविधि आपत्तिजनक भएको बताएका छन् ।

Leave a Reply