राष्ट्रसंघका महासचिवलाई मेन्सन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वर्णिम वाग्लेको ट्विट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिएका नेपाली अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालको जारी नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्व समुदायलाई सार्वजनिक जानकारी दिएका छन् ।

आज वाग्लेले संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुतेरेस, राष्ट्रसंघको शरणार्थी मामिलाका उच्च आयुक्त फिलिप्पो ग्रान्डी, अमेरिकी विदेश सचिव एन्थोनी ब्लिन्कन, नेपालस्थित अमेरिकी राजदूत डिन आर थोम्पसनलाई ध्यानाकर्षण गराएका हुन् ।

नक्कली भुटानी शरणार्थीको समाचार शेयर गर्दै सामाजिक सञ्जाल ट्विटमार्फत वाग्लेले उच्च अन्तर्राष्ट्रिय अधिकारीलाई मेन्सन गरेका छन् ।

राष्ट्रसंघदेखि अमेरिकाले नेपालमा भुटानबाट खेदिएका सक्कली शरणार्थीको अन्तर्राष्ट्रिय पुनर्वासको मुद्दामा नेतृत्व गरेका थिए । अमेरिकालगायतका आठ देशले भुटानी शरणार्थीलाई सन् २००७ ताका पुनर्वास गरेका थिए । बेलायत, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, नर्वे, डेनमार्क र नेदरल्याण्डले लाख बढी नेपाली भाषा बोल्ने भुटानी शरणार्थीलाई स्वीकार गरेका थिए ।

अहिले नक्कली भुटानी शरणार्थी प्रकरण आएसँगै ती देशहरुको पनि चासो बढेको बेला राष्ट्रसंघदेखि अमेरिकी अधिकारीहरुसम्मलाई वाग्लेले गरेको ध्यानाकर्षण अर्थपूर्ण छ ।

Comments

3 responses to “राष्ट्रसंघका महासचिवलाई मेन्सन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वर्णिम वाग्लेको ट्विट”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    नरिसाउनु है स्वर्णिम वाग्ले यसरी देशको कुरा अन्तर्राष्ट्रियकरण गरेर देश माथि गद्दारी गरेको भान भएन भनेको यो त पुजीवादी देशहरू को चाकरी छि।

  2. Madhu Avatar
    Madhu

    Yo galat ho afnu antarik kura ani vakhar anusandhan vai raheko kura arulai sunayera nepalkai badnam hunna ra Dr saab? Ketaketi pan vayo yo chahi

  3. जय बहादुर राना Avatar
    जय बहादुर राना

    यो चै अलिक बढि भयो कि जस्तो लाग्दै छ हौ मलाई डा साब अनुसन्धान त राम्रो सङ गर्न दिउ पहिला अनिपो ……..

Leave a Reply

Your email address will not be published. Required fields are marked *