युनाइटेड र अजोड इन्स्योरेन्स मर्ज हुने

काठमाडौं । युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनी एकापसमा गाभ्ने/गाभिने भएका छन् ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको सोमबार भएको विशेष साधारणसभामा अजोडसँग एकापसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रस्ताव पारित गरिएको हो । कम्पनी एकापसमा गाभिएपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ कायम हुने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिएको जनाइएको छ ।

कम्पनीको चल अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थासमेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्तावसमेत पारित गरिएको बुझिएको छ ।

अन्तिम सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौतालगायत सम्पूर्ण काम कारबहीको अनुमोदन गर्ने, दुबै कम्पनीको चल अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक मूल्याङ्कनकर्ता एसआर पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउण्टेण्ट्सको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक, आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायमा निवेदन दिने र गाभ्ने गाभिने कार्यसँग सम्बन्धित प्रचलित कानून, निर्देशनहरुबमोजिम अपनाउनुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु एवं प्रक्रियाहरु पूरा गरी अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन गरेबमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने, प्रतिनिधिहरु तोक्ने अधिकार, कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्वबारे छलफल गरी पारित गरिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *