अडियो सार्वजनिक भएपछि मञ्जु खाँणले दिइन् अनलाइनविरुद्ध उजुरी, काउन्सिलद्वारा कारबाहीका लागि पत्राचार

काठमाडौं । आफूलाई जोडेर लेनदेनको वातचित गरिएको अडियो मिडियामा सार्वजनिक भएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले प्रेस काउन्सिलमा उजुरी दिएकी छन् । नक्कली आवाजको भिडियो बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको उनको दाबी छ ।

खाँणले सो अडियो राख्ने नेपाल दैनिक डटकमविरुद्ध उजुरी दिएकी हुन् ।

उनले उजुरीमा भनेकी छन्, ‘म मञ्जु खाँणलाई जोडेर नक्कली आवाजको भिडिओ बनाइ सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनमा सम्प्रेषण गरी मेरो व्यक्तिगत चरित्रहत्या गर्ने कार्य भएको हुँदा उक्त अनलाइन मिडियालाई कडाभन्दा कडा कारबाही गरिपाउँ ।’

यस विषयमा काउन्सिलले छानबिन गर्दा प्रकाशित सामग्री एकपक्षीय र पत्रकार आचारसंहिताविपरीत हुनुका साथै उक्त वेब पोर्टल नियमानुसार दर्ता र सूचीकृत नरहेको पाइएको जनाएको छ ।

काउन्सिलले सो अनलाइनलाई कारबाहीका निम्ति नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । पत्रमा सो अनलाइन पोर्टललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था मिलाउन भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *