प्रधानमन्त्रीसँग ओलीको भेटबारे माधवको टिप्पणी- दोषीलाई जोगाउन आउनेको दबाबमा सरकार झुक्नु हुँदैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संलग्न साना ठूला सबैलाई कारबाही गर्नुपर्ने बताए।

उनले एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा ओलीको दौडधूपलाई संकेत गर्दै भने, ‘सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामु कुनै पनि हालतमा झुक्नु हुँदैन। बदमासी गर्ने जोसुकै भए पनि तिनीहरूलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनु नै पर्छ।’

घटनाका संलग्नलाई बचाउने दबाबको सामु सरकार झुक्न नहुने दोहोर्‍याए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *