शरणार्थी प्रकरणको पराकम्पः सिंहदरबारमा ओली–प्रचण्डको दोस्रो भेटवार्ता

काठमाडौं । नक्कली शरणार्थी प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता बाक्लिएको छ । ओली तीन दिनमा दोस्रोपटक प्रधानमन्त्री भेट्न सिंहदारबार पुगेका छन् ।

अहिले दुई नेताबीच भेटवार्ता जारी रहेको स्रोतले बतायो । शरणार्थी प्रकणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

दुई दिनअघि भएको भेटमा उनले एमाले नेताहरुलाई अनावश्यकरुपमा मुछ्न खोजेको भन्दै असन्तुष्टि जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *