फ्रान्सको राष्ट्रिय दिवसको सैन्य परेडमा मोदीलाइ निम्तो, हिन्दी ट्वीट गरे म्याक्रोनले

काठमाडौं । आगामी जुलाई १४ (असार २९) गते फ्रान्सको राजधानी पेरिसमा हुने राष्ट्रिय दिवसको सैनिक परेडमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि हुने भएका छन् ।

फ्रान्सेली रास्ट्रपति इम्यानुएल म्याक्रोनले सामाजिक संजालमा लेख्दै यस्को सार्वजनिक गरेका हुन् । फ्रेन्च र हिन्दी भाषाको ट्विट गर्दै म्याक्रोनले यस्तो सार्वजनिक गरेका हुन् ।

निमन्त्रणामा दिदा अत्यन्तै खुशी भएको भन्दै म्याक्रोनले हिन्दीमा लेखेका छन्, ’प्रिय नरेंद्र, ज्ञद्ध जुलाई की परेड के सम्मानित अतिथिके रूप में तुम्हारा पेरिस में स्वागत कर के मुझे बहुतखुशी होगी।’

भारत र फ्रान्सको आर्थिक, सैन्य देखि आणविक क्षेत्रमा सहकार्य हुँदै आएको छन् । सन २०१६ को भारतको गणतन्त्र दिवसमा फ्रान्सेली रास्ट्रपति फ्रान्वा होलान्डलाई मोदीले प्रमुख अतिथि बोलाएका थिए ।

रुस-युक्रेन युद्धमा अमेरिकी युरोपेली लगायतका पश्चिमा शक्तिको लाइनमा ऐक्यबद्धता नदिएर रुस विरुद्धको प्रतिबन्धमा तटस्थ बसेको भारतलाई नेटो शक्ति फ्रान्सले दिएको यो सम्मानलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

गत अप्रील ५ देखि ७ सम्म चीन भ्रमणमा आएका म्याक्रोनले चिनियाँ रास्ट्रपति सि चीनफिङसग प्रस्तुत गरेको मित्रताको समेत अमेरिकी र नेटो देशहरुका कतिपय अधिकारीले बिरोध गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *