सशस्त्रका २१ वटा बीओपी थप

काठमाडौं। नेपालको सीमा सुरक्षाका लागि २१ वटा बोर्डर आउट पोस्ट-बीओपी थप भएका छन्।

सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रवार बीओपी थप गरेको हो।

योसँगै बीओपीको संख्या २ सय ४९ पुगेको छ। त्यसमध्ये चीनतर्फ ८ वटा बीओपी रहेका छन्। स्रोतका अनुसार २६ वटा बीओपीका लागि प्रस्ताव गरिएपनि २१ वटाका लागि मात्र सहमति प्राप्त भएको थियो।

बीओपी ३५ सदस्यीय रहने व्यवस्था छ। तीमध्ये ४५ वटा बीओपी डीएसपीको कमान्डमा छ भने बाँकी इन्सेपक्टर र सईको कमान्डमा रहेका छन्।

सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई रहेको छ। सीमा क्षेत्रमा हुने अपराधदेखि सीमाको रेखदेख गर्ने जिम्मा सशस्त्रको हुन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *