धादिङको धार्केमा पुनः सडक अवरुद्ध

हेटौँडा । धादिङ धार्केको गणेश खोलामा रहेको पुलको जमिन भासिएपछि मर्मत गरेर एकतर्फी सञ्चालनमा आएको सडक पुन भासिएसँगै अवरुद्ध भएको छ ।

सोमबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग अन्तर्गत धार्के खण्ड मर्मतपछि एकतर्फी सञ्चालनमा आएको थियो । तर आज एक्कासि सोही स्थानमा सडकमा प्वाल परेपछि सडक अवरुद्ध भएको छ ।

सोमबारबाट अवरुद्ध भएको सडक २० घण्टाको निरन्तर मर्मतपछि हिजो बिहानबाट एकतर्फी रूपमा सञ्चालनमा भएपनि आजबाट पुनः अवरुद्ध भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *