गठबन्धनको बैठक बस्दै, सरकारलाई पूर्णता दिनेबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलको बैठक बोलाएका छन् । दिउँसो साढे ३ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको हो।

बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक बिषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

यस्तै, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई पनि सरकारमा ल्याउनेबारे छलफल हुने बताइन्छ । रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीले पहल गरिरहेका छन्।

साविककै मन्त्रालय दिएर सरकारमा ल्याउनेगरी प्रधानमन्त्री आफैंले पहल गरेपछि रास्वपा पनि सकारात्मक छ। रास्वपा सभापति लामिछानेसँगको भेटमा प्रधानमन्त्रीले गठबन्धन दलमा छलफल गरेर जवाफ दिने बताएपछि शुक्रबारसम्म सरकारलाई दिएको समर्थनबारे पर्ख र हेरको अवस्थामा होल्ड गरेर राखेको छ ।

सत्ता गठबन्धन दलका विवादको कारणले प्रधानमन्त्रीले आठ पटक मन्त्रिपरिषद् विस्तार गर्दा समेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *